रौतहटमा गोली हानी पुजारीको हत्या

Share:

रौतहट । रौतहटमा एक पुजारीको हत्या भएको छ । माधवनारायण नगरपालिका–२ खेसरहियामा रहेको हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको गोली हानेर हत्या भएको हो ।

बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए ।

बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

हालसम्म घटनाको कारण भने खुल्न सकेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: