सिन्धुपाल्चोक लिदी पहिरो अपडेटः थप तीन जनाको शव भेटियो, मृतक २८ पुग्यो, ११ अझै बेपत्ता

Share:

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत शुक्रबार विहान गएकोे पहिरोमा हराइरहेका मध्ये थप तीन जनाको शव भेटिएको छ।

यसअघि २५ जनाको शव भेटिसकेको छ । ११ जना अझै बेपत्ता छन्। पहिरोमा परेर ३९ जना बेपत्ता भएका थिए।

आज एक बालक र दुई महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको शव फेला परेको हो ।

यससँगै पहिरोमा ज्यान गुमाउने २८ जना पुगेका छन्। हालसम्म फेला परेका शवमध्ये १५ पुरूष र १३ महिला छन्।

पहिरोमा हराइरहेकाहरूको नेपाली सेना र नेपाल प्रहरी र स्थानीयले खोजि गरिरहेका छन् ।

पहिरोले ३७ वटा घरमा नोक्सानी पु¥याएको छ । त्यसमध्ये १३ वटा घर पूरै भत्किँएको छ ।

कमेन्ट गर्नुहोस्
Share: