
पोखरा । सुनको भाउ आज १ हजार ६ सयले घटेको छ ।
नेपाली बजारमा आज सुन तोलाको ९८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो भने सुन प्रतितोला एक लाख ४ सयमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
