
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७०७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्य १९२ जना महिला र ११५ जना पुरुष छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै काठमाडौँमा १७४ जना थपिएका छन् ।
यस्तै सर्लाहीका ९३, पर्साका ५५, धनुषा र अछामका ३१/३१ जना, कपिलवस्तुका ३०, मकावनपुरका २५ र सिराहाका २१ जनामा कोरोना संक्रमण देखिएको हो ।
कास्की, सप्तरी र दैलेखका १९/१९ जना, ललितपरु र रुपन्देहीका १८/१८ जना, बाँके र डोटीका १६/१६ जना, महोत्तरीका १५, सुनसरीका १३ जना, तेह्रथुम र मोरङका ९/९ जना, भक्तपुर, बारा र बाग्लुङका ८/८ जनामा पनि कोरोना देखिएको छ ।
यसैगरी रौतहटका ६, उदयपुर र दाङका ४/४ जना, नुवाकोट, नवलपुर र गुल्मीका ३/३ जना, दोलखा, धादिङ, तनहुँ, बर्दिया र डडेलधुराका २/२ जना तथा झापा, धनकुटा, काभ्रे, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा, प्युठान, रोल्पा, कालिकोट, जाजरकोट, रुकुमपश्चिम, सल्यान, सुर्खेत, कैलाली, दार्चुला, बझाङ र बैतडीका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ जना पुगेको छ। हालसम्म कोरोनाबाट १ सय २६ जनाको मृत्यु भएको छ भने १७ हजार ९ सय ६४ जना उपचारपछि निको भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ जना छन् ।
हाल ३ हजार ७ सय ७२ जना होम आइसोलेसनमा छन् भने ११ हजार ७ सय ६८ जना क्वारेन्टीनमा छन् । २४ घण्टामा १ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
