भारतमा कोरोना संक्रमितको संख्या २९ लाख नाघ्यो

Share:

काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या २९ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको अनुसार शनिबार विहानसम्म भारतमा संक्रमितको संख्या २९ लाख ५ हजार ८ सय २५ पुगेको छ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ५४ हजार ८ सय ४९ पुगेको छ।

पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार २८ संक्रमित थपिएका छन् भने एकै दिनमा ९ सय ५३ जनाको मृत्यु भएको छ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड २८ लाख ६४ हजार ८ सय ७३ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या सात लाख ९७ हजार सात सय ८७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: