तनहुँ र स्याङजामा आर्मी, म्याग्दीमा प्रहरीमा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा सोमबार बिहान कोरोना पुष्टि हुने मध्ये २ जना नेपाल आर्मी तथा १ जना नेपाल प्रहरीमा कार्यरत व्यक्ति रहेको स्वास्थ्य निर्देशनालाय गण्डकीले जनाएको छ ।

निर्देशनालयका आनुसार नेपाल आर्मीमा कार्यरत तनहुँ ब्यास नगरपालिका– ५ का २६ वर्षीय पुरुष र स्याङजा पुतलीबजार नगरपालिकाका ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै नेपाल प्रहरीमा कार्यरत म्याग्दी बेनी नगरपालिका– १ का २० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो ।

निर्देशनालायले सोमबार बिहान विज्ञप्ति जारी गरी गण्डकी प्रदेशमा ६ वर्षिया बालिकासहित थप ८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: