
लमजुङ । लमजुङमा आइतबार ठूलो मात्रामा अवैध जंगली जडिबुटी सहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेसिशहर नगरपालिका–७ बस्ने ३८ वर्षीया सिद्धि माया तामाङ रहेकी छन् ।
घरमा अवैध रूपमा जङ्गली जडिवुटी लुकाई छिपाई संकलन गरी राखेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष प्रहरी टोलीले तामाङको घरमा खानतलासी गर्दा विभिन्न प्रजातिको अवैध जंगली जडिबुटी फेला पारेको हो ।
पक्राउ परेकी तामाङको घरबाट प्रहरीले अवैध जडिबुटी डालिङ (गुरुङ भाषामा टलिट) ४७६.१ के.जी, वन लसुन १५४ के.जी, कुड्की २४.६ के.जी, जटामसी १४.९ के.जी, सुगन्धवाल १८.३ के.जी, सतुवा ४.४ के.जी, वन आलु २.८ के.जी. गरी जम्मा ६९५.१ के.जी बरामद गरेको छ ।
पक्राउ परेकी तामाङ र बरामद भएका उक्त जडिबुटी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाइएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको बताइएको छ ।
