
पोखरा । आज देशभरको मौसम सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही स्थानमा भने ठूलो पानी समेत पर्ने सम्भावना रहेको जनाइएको छ ।
यस्तै राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको छ।
प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने समेत महाशाखाको सूचनामा उल्लेख छ ।
हाल उत्तरी बंगालको खाडीमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
