शेर्पा संघ युकेका अध्यक्षको कोराना संक्रमणबाट निधन

Share:

काठमाडौँ । शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोना संक्रमणबाट निधन भएको छ ।

५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिएका छन् ।

भोजपुर स्थायी घर भएका शेर्पा गत असार २९ गते कोरोना संक्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएका थिए । तर २ हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो ।

१ साताअघि कोरोना परीक्षण गर्दा संक्रमण मुक्त भएको भनिए पनि उनको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन । भूतपूर्व गोर्खा सैनिक रहेका शेर्पा आफ्ना ३ छोरा र श्रीमतीसहित बेलायतको केन्टमा बस्दै आएका थियो । उनका बुबाआमा भने नेपालमै छन् ।

कमेन्ट गर्नुहोस्
Share: