
पोखरा । पोखरामा एक पत्रकारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मंगलबार बिहान लेखनाथ स्थित एक एफ.एममा कार्यरत सञ्चारकर्मीमा कोरोना पुष्टि भएको पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार संक्रमितलाई आइसोलेसनमा लैजाने व्यवस्थापनमा महासंघ कास्की जुटिरहेको छ ।
अन्य पत्रकार तथा सञ्चारकर्मीलाई त्रसित नबन्न र पूर्ण सुरक्षित रहेर कार्यक्षेत्रमा खटिन अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘सम्पूर्ण साथीहरुलाई त्रसित नबन्न र पूर्ण सुरक्षित रहेर कार्यक्षेत्रमा खटिन आग्रह गर्दछौं । कोरोना संक्रमणका जोखिम बढ्दो भएकाले फिल्ड रिपोर्टिङ जान कम गर्नु हुन समेत अनुरोध गर्दछौं ।’
साथै रिपोर्टिङको क्रममा जाँदा (ट्राभल हिस्ट्रि) को कुनै आशंका रहे पिसिआर परीक्षण व्यवस्थापनका लागि पनि महासंघमा तत्काल खबर गर्न समेत उनले अपील गरेका छन् ।
