नेपालमा थप ८५५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३३ हजार नाघ्यो

Share:

काठमाडौँ । नेपालमा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८५५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३३ हजार ५३३ जना पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ । मन्त्रालयका अनुसार ५७ प्रतिशत डिस्चार्ज भएका हुन् ।

विगत २४ घण्टायता ११ हजार ३ सय २७ जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म ६ लाख २१ हजार ९ सय १ जनाको परीक्षण भएको छ।

हाल आइसोलेनमा १४ हजार २ सय ५० छन् । जसमध्य होम आइसोलेनमा ५ हजार ६ सय ६९ जना र संस्थागत आइसोलेनमा ८ हजार ५ सय ८१ जना छन् । हाल १० हजार ४ सय ५३ जना क्वारेन्टीनमा छन्।

कमेन्ट गर्नुहोस्
Share: