बाग्लुङमा पहिरोले घर पुरिँदा एक युवतीको मृत्यु

Share:

बाग्लुङ । बाग्लुङमा पहिरोले घर पुरिँदा एक युवतीको मृत्यु भएको छ ।

मंगलबार बिहान ढोरपाटन नगरपालिका–२ अर्नाकका प्रकाश परियारको ढुङगा माटोले बनेको २ तले कच्चि घर पहिरोले पुरिँदा परियारकी १९ वर्षीया छोरी पुजा परियारको मृत्यु भएको हो ।

घरको अन्दाजी १०/१५ मिटर माथिबाट बिहान करिब ५ः२० बजे आएको पहिरोमा पुरिएकी युवतीलाई स्थानीयले मृत अवस्थामा निकालेका थिए ।

खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: