गण्डकी प्रदेशमा फेरी थपिए ९ कोरोना संक्रमित

Share:

पोखरा । गण्डकी प्रदेशमा फेरी ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बिहान पहिलो विज्ञप्ति जारी गरेको १ घण्टा नपुग्दै पुनः अर्को विज्ञप्ति जारी गरी थप ९ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको हो ।

यससँगै गण्डकीमा कुल संक्रमितको संख्या १ हजार ९ सय ४५ पुगेको छ ।

निर्देशनालयले जारी गरेको दोस्रो विज्ञप्ति अनुसार लम्जुङको बेसीसहरमा ३८ तथा ३९, ३९ वर्षका ३ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु नपाली सेना हुन् । यसअघि आज बिहानै पनि लम्जुङमा १७ नेपाली सेना सहित २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यस्तै नवलपरासी पूर्वका ६ जनामा पनि कोरोना देखिएको छ ।

निर्देशनालयलका अनुसार गैंडाकोट–१३ का २४ र ३० वर्षका दुई पुरुष, कावासाती–८ का ४७ वर्षीय पुरुष, १४ का ४१ वर्षीया महिला तथा कावासोती १६ का २८ र ३३ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गैंडाकोटका २ जना भारतबाट आएको निर्देशनालयले जानकारी दिएको छ ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस्ः
पोखराका स्वास्थ्यकर्मीसहित गण्डकीमा २३ कोरोना संक्रमित थपिए, लमजुङका बैंकका कर्मचारी र आर्मीमा पनि कोरोना

कमेन्ट गर्नुहोस्
Share: