सुनचाँदीको मूल्य आज पनि घट्यो

Share:

पोखरा । सुनचाँदीको मूल्य बुधबार (आज) पनि घटेको छ ।

बुधबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुन ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार तेजाबी मूल्य तोलामा ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: