नवलपरासी पूर्वका थप २७ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमित संख्या दुई हजार नाघ्यो

Share:

पोखरा । नवलपरासी पूर्वमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार चौंथो पटक सार्वजनिक गरेको विज्ञप्ति अनुसार ३ वर्षीय बालक सहित १२ जना पुरुष र १५ जना महिला गरी २७ जनामा कोरोना देखिएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ पुगेको छ । हाल १ हजार ६७२ जना निको भइ घर फर्किसकेका छन् भने प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: