देशभर बदली, गण्डकीसहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Share:

पोखरा । अहिले देशभर सामान्य बदली रही गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज देशभर मौसममा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै गण्डकी प्रदेश, प्रदेश ५, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बर्षा सँगै र देशका विभिन्न नदीहरुमा बहाब बढ्ने तथा जोखिम रहेका स्थानहरुमा पहिरो जानसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: