
काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट गत २४ घण्टामा १२ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा शुक्रबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो बारे जानकारी दिएका हुन्।
प्रवक्ता गौतमका अनुसार ४ महिला र ८ पुरुष गरी १२ जनाको मृत्यु पुष्टि भएको हो ।
मृत्यु हुनेमा भक्तपुरकी ६४ वर्षीया एक महिला, मकावनपुरकी ७१ वर्षीया एक महिला तथा मोरङका ५६ र ६५ वर्षीया दुई महिला रहेका छन् ।
यस्तैगरी कास्कीका ५२ वर्षीय पुरुष, उदयपुरका ५२ वर्षीय पुरुष, पर्साका ७२ वर्षीय पुरुष, धनुषाका ४५ वर्षय पुरुष, सिराहाका ५५ वर्षीय पुरुष, झापाका ८३ वर्षका पुरुष, चितवनका ५१ वर्षीय पुरुष र रुपन्देहीका ६० वर्षीय पुरुषको पनि मृत्यु पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ । यो कुल संक्रमितको ०.५३ प्रतिशत रहेको पनि गौतमले जानकारी दिएका छन् ।
