
काठमाडौँ । नेपालमा थप ९२७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३३४ महिला र ५९३ पुरुष गरी ९२७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै काठमाडौँमा ३५० जना संक्रमित थपिएका छन् ।
यस्तै रुपन्देहीका ७२ जना, भक्तपुरका ५४, मकवानपुरका ५१, मोरङका ४७, सुनसरीका ४१, बाँकेका ३६, चितवनका २६, रौतहटका २१, धनुषाका २०, काभ्रेका १७, धादिङ र कास्कीका १६/१६ जना, झापाका १५, महोत्तरी र सर्लाहीका १३/१३ जना, सिराहाका १२ र ललितपुर, नवलपुर, दैलेख र कैलालीका ११/११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी डोटीका ९ जना, सप्तरीका ७, जुम्लाका ६, बारा र तनहुँका ४/४ जना, नुवाकोट र सल्यानका ३/३ जना, संखुवासभा, पाँचथर, सिन्धुली, लमजुङ, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी र बर्दियाका २/२ जना तथा इलाम, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, पर्सा, रसुवा, सिन्धुपाल्चोक, गोरखा, बाग्लुङ, दाङ, कञ्चनपुरका एकएक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ जना पुगेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन् । उनीहरु देशका विभिन्न अस्पतालबाट निको भएर घर फर्किएका हुन् ।
यससँगै निको हुनेको संख्या २० हजार २२४ जना पुगेको छ ।
गत २४ घण्टामा १० हजार २२९ आरटी पिसिआर परीक्षण भएको छ भने हालसम्म ६ लाख ५८ हजार ११० आरटी पिसिआर परीक्षण भएका छन् ।
देशभर १६ हजार १९ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ९ हजार ५७३ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४४६ जना होम आइसोलेसनमा छन् । हाल ८ हजार ९ सय ३९ जना क्वारेन्टीनमा छन् ।
