भारत बन्यो कोरोनाबाट सबैभन्दा धेरै मृत्यु हुने मुलुकको सूचीमा तेस्रो

Share:

काठमाडौँ । भारत कोरोनाबाट सबैभन्दा धेरै मृत्यु हुने मुलुकको सूचीमा तेस्रो नम्बरमा आएको छ ।

गत २४ घण्टामा भारतमा १ हजार १८ जनाको मृत्यु भएसँगै भारत तेस्रो नम्बरमा परेको हो । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म भारतमा कोरोना संक्रमणबाट ६२ हजार ७ सय १३ जनाको मृत्यु भएको छ।

कोरोनाबाट सबैभन्दा धेरै मृत्यु हुने मुलुकको सूचीमा भारत भन्दा अगाडी क्रमशः ब्राजिल र अमेरिका रहेका छन्।

हालसम्म अमेरिकामा १ लाख ८१ हजार ७ सय ४ र ब्राजिलमा १ लाख १९ हजार ५ सय ४ जनाको मृत्यु भएको छ ।

भारतमा संक्रमितको संख्या पनि ३४ लाख ६१ हजार नाघेको छ। शुक्रबार मात्रै ७६ हजारभन्दा बढी संक्रमित थपिएका छन्। भारत कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा पनि तेस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्
Share: