विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ४९ लाख नजिक, ८ लाख ४० हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ४९ लाख नजिक पुगको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड ४८ लाख ९४ हजार ५ सय ८९ पुगेको छ ।

यस्तै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख ४० हजार ३ सय ८२ पुगेको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा ५९ लाख ५८ हजार ९ सय २ जना संक्रमित भएका छन्। त्यहाँ १ लाख ८२ हजार ७ सय १८ जनाको मृत्यु भएको छ।

यसैगरी ब्राजिलमा संक्रमित संख्या ३८ लाख ४६ हजार १ सय ५३ पुगेको छ भने त्यहाँ १ लाख २० हजार २ सय ६२ जनाको मृत्यु भएको छ ।

यता भारतमा संक्रमित संख्या ३४ लाख ६३ हजार ९ सय ७२ पुगेको छ भने ६२ हजार ७ सय १३ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: