पोखराका ३ जना सहित गण्डकीमा थप ७ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका ३ जना सहित गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वस्थ्य निर्देशनालय गण्डकीले सोमबार बिहान जारी गरेको विज्ञप्ति अनुसार गण्डकीका कास्की सहित ४ जिल्लाका ७ जनामा कोरोना संक्रमण देखिएको हो ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगर– ६ का ३७ वर्षीय पुरुष, ८ का ५५ वर्षीय पुरुष र १५ का ५६ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

यसैगरी लम्जुङको बेशीसहर–१० का ७१ वर्षीया महिला, तनहुँको भानु–५ का ४४ वर्षीय पुरुष तथा गोरखाको गोरखा–१३ का ३२ र ३६ वर्षका दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार १४४ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: