
पोखरा । कश्यप ऋिषिको तपोधाममा आज एक कार्यक्रमका बिच कश्यप ऋषिको प्रतिमुर्तिको स्थापना गरीएको छ ।
कास्की जिल्लाको उद्गम स्थल समेत रहेको धामको गरामा योगि वलभद्रनाथको समुहले पत्थरको कश्यप ऋिषिको प्रतिमुर्ति स्थापना गरेका हुन् । कार्यक्रममा वलभद्रनाथले आफु आफ्ना गुरु योगी नरहरीनाथ सहित अर्का पण्डित सँग २०२३ सालमाधामको गरामा २ दिन योग ध्यान गरेरे बसेको सम्झदै उनले भने ‘कश्ययप ऋिषिले तपश्या गरेको यो तपोभुमि सम्पुर्ण मानव समाजको समेत उर्भर भुमि हो । हामीले हाम्रा मौलिक संस्कृति पहिचान मेटिदै गएको प्रति चिन्ता व्यक्त गरेका थिए ।
दमौलीमा लेखेका पुराणहरु विन्द्रा वनमा लगेर छपक लगाएर हाम्रा पण्डीतहरुले रोटी बजाएर खाएका कारण हाम्रो भुमिको परिचय नदिएका कारण हामी पछि परेका छौ । हामीले गर्ने कामले नै स्वर्ग र नर्कको व्यवस्था गरेको छ । हामीले गरेको कर्म कै आधारमा हामीले हामीले यही स्वर्ग या नर्क यही जन्ममा प्राप्त हुने गर्दछ ।
विद्या हराए कास्की जानु न्याय हराए गोरखा जानु भनेको अभिव्यक्तिलाई हामी बिसर्दै गएर धामको गरा पछाडी परेको भन्दै यो उर्जाशील भुमिमा अब केही कामको सुरुवात भएको छ भविष्यका ठुलो धातुको महाङ्गकालेश्वरको मुर्ति निमार्ण कार्य भैइरहेको समेत बताए ।
गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितीका सचिव ठाकुर प्रसाद त्रिपाठीले आवधामको आगामी दिनमा धामको गरामा अन्य विकास निमार्णका कार्यले गति लिने भन्दै हामी सबै अब एक जुट भएर गुरु वलभद्रनाथले देखेको धामको गराको सपना पुरा हुनेमा आशावादी रहेको बताएका थिए ।
पोखरा महानगरपालीका २४ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले राज्यका तर्फबाट पनि यो ठाउँ पटक पटक छायाँमा पर्दै आएको प्रदेश संघ सरकारले समेत यो पुण्य भुमि पर्यटकीय स्थलमा संरक्षणमा ध्यान नदिएको बताउँदै आगामी दिनमा धामको गराको गुरु योजना सहित विभिन्न दातृ संघ संस्था र नेपाल सरकार सगँ माग गर्ने बताएका थिए ।
कोरोनाकहरकाकारण केहि स्थानीयहरु सामाजिक दुरी कायम गर्दै मुर्ति स्थापना गर्न जुटेका थिए । कास्कीजिल्लाको नामाकरण रहेको यो धामको गरामा दैनिक सयौंको संख्यामा योग ध्यान गर्नेको भिड लाग्ने गर्दछ ।
