
काठमाडौँ । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
पाँच दिनअघि अस्पताल भर्ना भएका ७० वर्षीय चालिसेको काठमाडौँको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो । उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि उनी लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित थिए ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट सेवा निवृत्त भएका थिए ।
कमेन्ट गर्नुहोस्
