सेन्ट्रल गार्डेन सचेतनासहित बिरौटामा

Share:

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेन सप्ताहव्यापी सचेतना कार्यक्रमको पाँचौं शृङ्खलामा पोखराको बिरौटा राममन्दिर चोकमा पुगेको छ ।

बन्दाबन्दीको बेलामा सेवाका कार्यक्रम लिएर बाहिर जान नपाए पछि क्लबले पोखराका विभिन्न चोकमा सप्ताहव्यापी स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरेको हो ।

पाँचौ दिनको कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि रिजन ४९ का रिजन चियर पर्सन पुरुषोत्तम पराजुलीले हिजो लकडाउनको अवस्थामा भन्दा आज समुदायमा कोरोनाको जोखिम बढेको बेला चोक–चोकमा सचेतना कार्यक्रम आयोजना हुनु आफैमा सराहनीय रहेको बताए ।

अतिथि पराजुलीले कोरोना न्यूनीकरणका लागि विश्व स्वास्थ्य संगठनले तोकेका मापदण्डमा रहेर आम जनसमुदायमा कोरोना बारे सचेतना जगाउँदै जोखिमलाई न्यूनीकरण गर्न समुदायस्तरमा पुगेका लायन लिडरबाट सम्पूर्ण जनसमुदायले यथेष्ट लाभ लिनेमा आफू विश्वस्त रहेको धारणा राखे ।

समाजसेवी श्रीबहादुर रानाभाटले कोरोना संक्रमणको सन्त्रास चारैतिर फैलिएको बेला आफ्ना क्षेत्रमा भएका यस्ता सचेतनामूलक कार्यक्रमले जनतालाई सुसूचित हुने अवसरका साथै राहत हुने बताए ।

नेलम्बो नेपालका कार्यक्रम संयोजक डा. किसन कोइरालाले विभिन्न चोकमा आयोजना गरिएका सचेतना कार्यक्रमले कोरोनाको जोखिम न्यूनीकरणमा यथेष्ट योगदान दिने उल्लेख गरे ।

क्लबले मानवअधिकार चोकबाट शुरु भएको सप्ताहव्यापी स्वास्थ्य सचेतनाकार्यक्रमको छैठौं शृङ्खला पृथ्वीचोक बसपार्कमा रहेको क्लबले जनाएको छ ।

शुक्रवारको सचेतनबाट १२ सय ४० जना प्रत्यक्ष लाभान्वित भएको क्लबका मेम्बरसिप डाइरेक्टर तुलबहादुर रानाभाटले जानकारी दिए ।

असफल गौतमको अध्यक्षतमा सम्पन्न कार्यक्रमा पूर्व अध्यक्ष कृष्ण रानाभाटले कार्यक्रमको औचित्यबारे प्रष्ट पारेका थिए भने कार्यक्रमको सञ्चालननिवर्तमान अध्यक्ष मीना रानाभाटले गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
Share: