एनसेल आजियाटाको एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’

Share:

काठमाडौँ । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राईभेट लिमिटेड) ले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ल्याएको छ ।

यो योजनामा एसईईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै निःशुल्कमा इफाइभ सेवा र बोनस डेटाको फाइदा लिन सकिने एनसेलले जनाएको छ ।

यो योजना बिहीबार (भदौ १८) देखि लागु भएको छ । पहिलो सिमलिनका लागि विद्यार्थीको एसईई परीक्षाप्रवेश पत्र, नागरिकता वा आफ्नो आमावाबाबुको नागरिकताको फोटोकपि र एक प्रतिफोटो आवश्यक पर्ने बताइएको छ । यो सिमविद्यार्थीले आफुलाई पायक पर्ने एनसेल सेन्टरबाट सिमलिन सक्छन् ।

सिम लिएपछि निःशुल्कमा इफाइभ सेवाका लागि आफुलाई सधै सम्पर्कमा रही रहनुपर्ने पाँच वटा एनसेलहरु सजिलैसँग माइफाइभ समुहमा सेट गर्न सकिन्छ । नम्बरहरु माइफाइभ समुहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा निःशुल्क कुराकानी गर्न सक्छन् । ३० दिनपछि पनिविद्यार्थीहरुले ती नम्बरहरुमा मात्र रु ९९ पैसा प्रतिमिनेटमा बाँकी ११ महिनासम्म कुराकानी गर्न सक्ने एनसेल जनाएको छ ।

यस्तै विद्यार्थीहरुले एस्ट्रिक्स ५५४४ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफु सधै सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई माइफाइभ समुहमा राख्न सक्छन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमाप्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्नेछ ।

पहिलो सिम सुचारु गरेपछि सुचारु गरेको पहिलो दिनको मध्यरात सम्ममा रु १०० वा सो भन्दामाथिको रिचार्जमा ग्राहकले ३० दिन सम्म हरेक दिन १०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् । यसका साथै, यस सिमको मेन ब्यालेन्सबाट गरिएको हरेक रु १०० बराबरको खर्चमा ग्राहकले तीनदिनको समयसीमा रहेको ३०० एमबी (१०० एमबीअल नेटवर्क र २०० एमबीफोरजी डेटा) बोनस डेटा प्राप्त गर्नेछन् । पहिलो सिम अन्तर्गतको यो ब्यालेन्स खर्चमा बोनस सुविधा १२ महिनाको लागि रहने जनाइएको छ ।

एसईई सकेका विधार्थीका लागि सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न यस पहिलो सिम योजनालाइ निरन्तरता दिनपाएकोमा एनसेल आजियाटा निकै खुसि रहेको कम्पनीले जनाएको छ । हालविभिन्नजिल्लामा स्थानिय प्रशासनद्वारा कोरोना भाइसको संक्रमण फैलन नदिन र यसको रोकथामका लागि निषेधाज्ञा जारी गरेको हुनाले सिमलिनको लागि पहिले आफ्नो नजिकैको एनसेल सेन्टर खुल्ला रहे/नरहेको बुझेर मात्र सिमलिनको लागि सतर्कता तथा सुरक्षा मापढण्ड अपनाई एनसेल सेन्टरमा जान अनुरोध छ ।

विद्यार्थीले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी डेटा प्याकतथा एस्ट्रिक्स १७११८ ह्यास डायल गरी भ्वाइस प्याकखरिद गर्न सक्छन् । त्यस्तै, म्यूजिक र गेमिङ् प्याकको लागि पनि विभिन्न अप्सनहरु रहेका छन् । ग्राहकले एस्ट्रिक्स १७१०३ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्छन् ।

विगत चार वर्षदेखि हरेकवर्ष एनसेल आजियाटाले यो अफर एसईई विद्यार्थीका लागिप्रदान आएको एनसेल जनाएको छ । साथै यो योजना सुचारु भएको दिन देखि ९० दिनको लागिमान्य रहने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: