नेपालमा थप १०४१ जनामा कोरोना पुष्टि, १५ सय ६६ जना डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा थप १०४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै काठमाडौँमा ३२६ जना संक्रमित थपिएका छन् ।

यस्तै रुपन्देहीका ७१ जना, बाँकेका ६२ जना, चितवन र भक्तपुरका ४५/४५ जना, सिराहाका ४१ जना, दाङका ३९ जना, ललितपुरका ३७ जना, मोरङ र मकावनपुरका ३५/३५ जना, महोत्तरीका २६ जना, कास्कीका २३ जना, लमजुङका २२ जना, सुनसरी र सप्तरीका २०/२० जना, सर्लाही र गोरखाका १७/१७ जना, बझाङका १६ जना, बारा र नवलपरासीका १३, १३ जनामा कोरोना देखिएको छ ।

त्यस्तै पर्सा र धादिङका १०/१० जना, झापा, धनुषा र बर्दियाका ७/७ जना, काभ्रे, दोलखा, बाग्लुङ र गुल्मीका ६/६ जना, रामेछाप, नवलपुर र कञ्चनपुरका ५/५ जना, कैलालीका ४ जना, उदयपुर, तनहुँ, स्याङ्जा, पाल्पा, जाजरकोट र दैलेखका ३/३ जना, ओखलढुङ्गा, सिन्धुली, सल्यान र डोटीका २/२ जना तथा इलाम, नुवाकोट, पर्वत, अर्घाखाँची, कपिलवस्तु, प्युठान, रोल्पा र डडेलधुराका एकएक जनामा पनि कोरोना देखिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २७७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई १५ सय ६६ जना डिस्चार्ज भएका छन् । उनीहरु देशका विभिन्न अस्पतालबाट निको भई घर फर्किएका हुन् ।

यससँगै निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ ।

हालसम्म नेपामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ ।

हाल १७ हजार ८७० जना संक्रिय संक्रमित छन् । हाल संस्थागत आइसोलेसनमा ९ हजार ८६६ जना छन् भने होम आइसोलेसनमा ८ हजार ४ जना छन्। हाल २४ जना भेन्टिलेटरमा र १६७ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् । ६ हजार ५६१ जना क्वारेन्टीनमा छन्।

पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनाको परीक्षण भएको छ। हालसम्म ७ लाख ५७ हजार ९६३ जना परीक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: