गोरखामा थप दुई जनामा कोरोना पुष्टि

Share:

गोरखा । गोरखामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार दोस्रो विज्ञप्ति जारी गरी गोरखामा दुई पुरुषमा कोरोना देखिएको जानकारी दिएको हो ।

संक्रमित हुनेमा गोरखाको आरुघाट–६ का २८ वर्षीय पुरुष र पालुङटार–१० का ३८ वर्षीय पुरुष रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५ सय १६ पुगेको छ ।

यसअघि आजै बिहान गण्डकीमा ६७ संक्रमित थपिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: