उपचारको क्रममा मृत्यु भएकी गोरखाकी ७५ वर्षीया वृद्धामा कोरोना पुष्टि

Share:

गोरखा । गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएकी गोरखा नगरपालिका–७ की ७५ वर्षीया वृद्धामा कोरोना पुष्टि भएको छ ।

उनलाई अचेत अवस्थामा शनिबार अस्पताल ल्याइएको थियो । उनको क्ष्ऋग् मा उपचारको क्रममा शनिबार नै अस्पतालका डाक्टरले मृत घोषणा गरेको थियो ।

अस्पताका अनुसार उनी मस्तिष्कघातकी बिरामी थिइन् ।

उनको नमुना परिक्षण गर्दा कोरोना पोजेटिभ आएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: