
काठमाडौँ । नेपालमा आइतबार ९८० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै काठमाडौँमा २९० जना संक्रमित थपिएका छन् ।
यस्तै सुनसरीका ८६ जना, बाराका ७३ जना, सुर्खेतका ४४ जना, रुपन्देहीका ३५ जना, भक्तपुर र ललितपुरका ३२/३२ जना, चितवनका ३० जना, मोरङका २९ जना, झापाका २८ जना, पर्साका २५ जना, स्याङ्जाका २२ जना, कास्की र कैलालीका २१/२१ जना, पाल्पाका १९ जना, नवलपुरका १२ जना, सप्तरी, अर्घाखाँची र अछामका ११/११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै धनुषा, धादिङ र बझाङका १०/१० जना, रौतहटका ८ जना, दोलखा र तनहुँका ७/७ जना, शंखुवासभा, सिराहा, बर्दिया र बाँकेका ६/६ जना, सर्लाही, गोरखा र जुम्लाका ५/५ जना, कपिलवस्तु र प्युठानका ४/४ जना, महोत्तरी, बाग्लुङ, दाङ र कञ्चनपुरका ३/३ जना, सिन्धुली, लमजुङ, नवलपरासी, जाजरकोट, दैलेख र डडेलधुराका २/२ जना तथा उदयपुर, ओखलढुङ्गा, ताप्लेजुङ, भोजपुर, काभ्रे, सिन्धुपाल्चोक र कालिकोटका एकएक जनामा पनि कोरोना देखिएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २७७ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई १८१४ जना डिस्चार्ज भएका छन् । उनीहरु देशका विभिन्न अस्पतालबाट निको भई घर फर्किएका हुन् ।
यससँगै निको हुनेको संख्या २८ हजार ९४१ पुगेको छ । यो कुल संक्रमितको ६३ प्रतिशत हो ।
हालसम्म नेपामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।
हाल १७ हजार २७ जना संक्रिय संक्रमित छन् । हाल संस्थागत आइसोलेसनमा ९ हजार २०१ जना छन् भने होम आइसोलेसनमा ७ हजार ८२६ जना छन्। हाल ४ हजार ७०३ जना क्वारेन्टीनमा छन्।
पछिल्लो २४ घण्टामा १० हजार ३८२ जनाको परीक्षण भएको छ। हालसम्म ७ लाख ६८ हजार ३४५ जना परीक्षण भएको छ।
