गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६०० पुग्यो

Share:

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६०० पुगेको छ । सोमबार बिहान स्वास्थ्य निर्देशनालय गण्डकीले दोस्रो विज्ञप्ति जारी गरी कास्की र तनहुँमा एकएक जना संक्रमित थपिई संख्या २६०० पुगेकोे जानकारी दिएको हो ।

बिहान कास्कीको पोखरा–३० का ३० वर्षीय पुरुषमा कोरोना देखिएको हो । निर्देशनालयका अनुसार उनी भरतपुर अस्पताल, चितवनमा कार्यरत चिकित्सक हुन् । उनी सोहि अस्पतालको आईसोलेसन केन्द्रमा बसेका छन् ।

यस्तै तनहुँको व्यास– ४ का २६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा डायलासीसका लागि आएका थिए । उनलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको जनाइएको छ ।

यसअघि सोमबार बिहानै गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमितको थपिएका थिए ।

 

कमेन्ट गर्नुहोस्
Share: