
काठमाडौँ । नेपालमा थप ९७९ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३३८ महिला र ६४१ पुरुष मा संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा सबैभन्दा धेरै काठमाडौँमा २९३ जना संक्रमित थपिएका छन् ।
यस्तै मकवानपुरका ७३ जना, सुनसरीका ६५ जना, धनुषाका ४४ जना, बाँकेका ४२ जना, सिराहा, बर्दिया र रुपन्देहीका ४१/४१ जना, मोरङका ३९ जना, कास्कीका ३० जना, काभ्रेका २८ जना, ललितपुर र सर्लाहीका २०/२० जना, सप्तरी, चितवन र सुर्खेतका १९/१९ जना, गोरखाका १८ जना, झापा र नवलपुरका १६/१६ जना र लमजुङका १५ जना, भक्तपुरका १३ जनामा कोरोना देखिएको छ ।
गुल्मीका ८ जना, कञ्चनपुरका ७ जना, पाँचथर र तनहुँका ६/६ जना, पाल्पाका ५ जना, धादिङका ४ जना, महोत्तरी, दोलखा, सिन्धुपाल्चोक, दैलेख र कैलालीका ३/३ जना, कपिलवस्तु, नवलपरासी र कालीकोटका २/२ जना तथा उदयपुर, भोजपुर, सोलुखुम्बु, सिन्धुली, पर्वत, प्युठान, जाजरकोट, जुम्ला, बझाङ र बाजुराका एकएक कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ३० हजार ६७७ पुगेको छ । यो कुल संक्रमितको ६५ प्रतिशत हो ।
हाल १६ हजार २५९ जना सक्रिय संक्रमित छन् भने ९ हजार ६९ जना संस्थागत आइसोलेसनमा छन्। हाल ७ हजार १९० जना होम आइसोलेसनमा छन्।
गत २४ घण्टामा ९ हजार २१८ परिक्षण भएको छ। हालसम्म ७ लाख ७७ हजार ५६३ परिक्षण भएको छ ।
हाल १७१ जना आइसियू र भेन्टिलेटरमा छन्। हाल ४ हजार ७३९ जना क्वारेन्टाइनमा छन्।
