देशभर बदली, केही स्थानमा भारी वर्षा

Share:

पोखरा । अहिले देशभर बदली भइ विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पछिल्लो ६ घण्टामा कास्की तनहुँ, नवलपरासी, ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, धादिङ, रूपन्देही, दाङ, कपिलवस्तु, पाल्पा, लगायतका जिल्लाका केही ठाउँमा भारी बर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (बुधबार) देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । भारी वर्षा भएका स्थानमा बाढी र पहिरोको उच्च जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ ।

कमेन्ट गर्नुहोस्
Share: