
पोखरा । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका वडा नं.१७ दोबिल्ला बस्ने वर्ष ४२ को सुरेन्द्र गिरीलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले दोबिल्लाबाटै बुधवार पक्राउ गरेको हो ।
चितवन जिल्ला अदालत तथा पुनरावेदन अदालत हेटौडाले २०५९ फागुन १२ गतेको फैसलाले गिरीलाई ४ वर्ष ११ महिना ५ दिन कैद सजाय तोकेको थियो ।
उक्त फैसला पछि गिरी फरार भएका थिए । गिरीलाई आज प्रक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्
