
काठमाडौँ । विश्वभर कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ६ हजार १९९ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ लाख ७ हजार २७६ पुगेको हो ।
यस्तै कोरोना संक्रमितको संख्या २ करोड ८० लाख १४ हजार ५२८ पुगेको छ । एकैदिन २ लाख ८६ हजारभन्दा बढी संक्रमित थपिएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
यसैगरी एकै दिन २ लाख ६९ हजार ८३७ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ९१ हजार ५२३ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत हो ।
कमेन्ट गर्नुहोस्
