पोखराको अस्पतालमा स्याङ्जाका एक पुरुषको कोरोनाबाट मृत्यु

Share:

पोखरा । पोखराको अस्पतालमा उपचाररत स्याङ्जाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजा पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।

यही भदौ २४ गते बुधबार कोरोना संक्रमण पुष्टि भएपछि उनी प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आइसीयुमा भर्ना भएका थिए । ती पुरुषको उपचारकै क्रममा शनिबार बिहान ६ः३२ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा कोरोनाबाट हालसम्म १० जनाले ज्यान गुमाएका छन् ।

यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: