नेपालमा थप १२०१ जनामा कोरोना पुष्टि, ८५२ जना डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा थप १२०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा महिला ४१६ र पुरुष ७८५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार शनिबार सबैभन्दा धेरै काठमाडौँमा ३७७ जना संक्रमित थपिएका छन् ।

यस्तै मकवानपुरका १०७ जना, चितवनका ९२ जना, सर्लाहीका ८३ जना, रुपन्देहीका ८१ जना, मोरङका ५८ जना, नवलपुरका ५१ जना, ललितपुरका ३७ जना, कास्कीका ३५ जना, बाँकेका ३२ जना, दाङका २४ जना, कपिलवस्तुका २२ जना, बर्दिया र सुर्खेतका १८/१८ जना, भक्तपुरकमा १७ जना, बाराका १५ जना, सुनसरीका १४ जना तथा पर्सा र सप्तरीका १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

पाल्पाका ९ जना, महोत्तरी, रोल्पा र कञ्चनपुरका ८/८ जना, सिराहा, रामेछाप र स्याङ्जाका ७/७ जना, गोरखाका ६ जना, रौतहट, दैलेख र कैलालीका ४/४ जना, बाग्लुङ, अर्घाखाँची र नवलपरासीका ३/३ जना, काभ्रे, रुकुम पूर्व र डडेलधुराका २/२ जना तथा इलाम, उदयपुर, ओखलढुंगा, झापा, धनुषा, दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, तनहुँ, लमजुङ, प्युठान र डोटीका एकएक जनामा पनि संक्रमण देखिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।

यसैगरी गत २४ घण्टामा ८५२ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ । यो कुल संक्रमितको ७०.६ प्रतिशत हो ।

त्यस्तै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ । यो कुल संक्रमितको ०.६३ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा १० हजार १७६ परिक्षण भएको छ भने हालसम्म ८ लाख ३१ हजार ३६२ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर १५ हजार २६० जना सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा ९ हजार १०७ जना छन् भने होम आइसोलेसनमा ६ हजार १५३ जना छन् । आईसीयुमा १६० जना र भेन्टिलेटरमा २४ जना उपचाररत छन् । हाल ६ हजार ३५४ जना क्वारेन्टीनमा छन्।

कमेन्ट गर्नुहोस्
Share: