पोखराका दुई सहित गण्डकीमा ३२ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान जारी गरेको विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा गण्डकीका ५ जिल्लाका ३२ जनामा कोरोना संक्रमण देखिएको हो ।

निर्देशनालयका अनुसार कास्कीका २, स्याङ्जाका ४, लमजुङका १७, तनहुँका १ र नवलपुरका ८ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेमा पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत कर्मचारी कास्कीको पोखरा–१६ की २० वर्षीया महिला र मणिपाल अस्पताल पोखरामा उपचाररत पोखरा–९का ७० वर्षीय पुरुष रहेका छन् । मणिपाल अस्पतालमै उपचाररत स्याङ्जाको पुतलीबजार–३ का ७६ बर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

यस्तै स्याङ्जाको पुतलीबजारका ३२ वर्षीय पुरुष र २७ वर्षीया महिला तथा स्याङ्जाको बिरुवाका २४ वर्षीय पुरुष, तनहुँ भानुका ५० वर्षीय पुरुष, लमजुङको बेसीसहरका ५२ वर्षीय पुरुष तथा लमजुङ सुन्दरबजार–९ मा नेपाल आर्मीमा कार्यरत २२ देखि ४१ वर्ष उमेर समुहका १६ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ।

यसैगरी नवलपुर हुप्सेकोटकी २१ वर्षीया महिला, मध्यविन्दुका २८ वर्षीय पुरुष तथा गैंडाकोटका १६, ४२ र २४ वर्षका ३ महिला तथा ४६, ३८ र ५० वर्षका ३ पुरुषमा कोरोना देखिएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ३५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: