
पोखरा । विश्व शान्ति स्तूप, अनदू, मिनथुम्की, पोखराको ११ औ बार्षिक साधारण सभा तथा पाँचौै अधिवेशन कोरोना कहरको विचमा भौतिक दूरी कायम गरि सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
विश्वशान्ति स्तुप समिति निवर्तमान अध्यक्ष एवं निर्वाचन संयोजक प्रकाशमान गुभाजूले घेरूवामा दिप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए । शंकर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उत्तममान बुद्धाचार्यले स्वागत मन्तव्य, सचिव अशोक गुरूङले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष अशोकमान बुद्धाचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने धर्मशीला बुद्ध विहार दायक सभाका अध्यक्ष गोविन्द ताम्राकारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दोश्रो सत्रमा सम्पन्न अधिवेशनले उत्तममान बुद्धाचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको विधान अनुरूप सर्वसम्मत अध्यक्ष र १० सदस्य निर्वाचित गरेको छ भने अध्यक्षबाट दुई जना सदस्य मनोनीत गरि १३ जनाको कार्य कारिणी समिति गठन गरिएको हो ।
यसैबीच उत्तममान बुद्धाचार्यको अध्यक्षतामा तत्काल बसेको बैठकले आपसी सल्लाहमा नयाँ कार्यसमितिको पद विभाजन गरिएको छ । उपाध्यक्ष अशोक गुरूङ, सचिव प्रकाशमान उदास, कोषाध्यक्ष अशोकमान बुद्धाचार्य, सह–सचिव चमबहादुर गुरूङ र सह कोषाध्यक्ष अनिल रत्न बुद्धचार्य चयन भएका छन् । सदस्यहरूमा खेमराज पौडेल, कृष्णमान गुभाजू, गोविन्द ताम्राकार, मनबहादुर गुरूङ, दुर्गा बहादुर गुरूङ, राजकुमारी गुरूङ र जमुना गुरूङ रहेका छन् ।
प्रकाशमान गुभाजू निर्वाचन संयोजक रहेका निर्वाचन समितिमा सदस्यहरू क्या. भुवन सिं गुरूङ र सूवेदार यम बहादुर गुरूङ रहेका थिए ।
निर्वाचन संयोजक प्रकाशमान गुभाजूले नयाँ कार्य समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई खादा लगाएर शुभकामना दिए । कार्यक्रममा निवर्तमान अध्यक्ष शंकर गुरूङले नयाँ कार्यसमिति लाई शुभकामनाका साथै सुझाव व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष उत्तममान बुद्धाचार्यले स्तूप विकासको लागी आफ्नो प्रतिबद्धता जाहेर गर्दै उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।
वि. सं. २०३० भाद्र २७ गते पूर्णिमाको दिन निप्पोनजान म्योहोजी जापानका संस्थापक श्रद्धेय फूजी गुरूजी श्रद्धेय अनगारिका गुरूमा धर्मशीला र पूर्व मन्त्री मीन बहादुर गुरूङले विश्व शान्ति स्तूपको शिलान्यास गरेका थिए ।
