
पोखरा । पोखरामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान कास्कीको पोखरा महानगरका ६ वटा वडाका ४ महिला र १३ पुरुषमा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
निर्देशनालयका अनुसार पोखरा ४ र १७ का नेपाल प्रहरीमा कार्यरत २३, २४, २९, ३७, ४५, ३३ र २४ वर्षका ७ जना पुरुष, पोखरा महानगरपालिका–३३ का २३ बर्षीय पुरुष, १४ का २६ वर्षीय पुरुष, १७ का २७ बर्षीय पुरुष भारतबाट र पोखरा ७ का जापानबाट आएका ४४ वर्षीय पुरुष, पोखरा ८ की महानगरमा कार्यरत २१ वर्षीया स्वास्थ्यकर्मी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पोखरा–१४ का २८, २५ र ३७ वर्षका ३ महिला, ६ र ४६ वर्षका दुई पुरुषमा पनि कोरोना देखिएको छ ।
यसैगरी विदेशबाट आई क्वारेन्टीनमा बसेका बाग्लुङ बडीगाड १ का २२ वर्षीय पुरुष र ५ का ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ९१ पुगेको छ ।
