
पोखरा । अहिले देशभर सामान्य बदली रही गण्डकी प्रदेशसहित प्रदेश १ र बागमती प्रदेश केही स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार दिउँसो र राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेको छ ।
कमेन्ट गर्नुहोस्
