
पोखरा । १० वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखरामा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा–७ प्रगतिटोल बस्ने ५२ वर्षीय टिका बहादुर दमै रहेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।
बालिकाको घरमा कोही नभएको मौका छोपी भदौ २९ गते दिउँसो ३ः३० बजे करणी गर्ने आशय राखी यौन दुर्व्यवहार गरेको आरोपमा दमैलाई वडा प्रहरी कार्यलय बैदामको टोलीले भदौं २९ गते पक्राउ गरेको हो ।
आरोपित दमै बिरुद्ध बाल यौन दुर्व्यवहार कसुर अन्तरगत कास्की जिल्ला अदालतबाट दिन ८ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको डिएसपी हमालले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
