भूकम्पले बाग्लुङ, पर्वत र लमजुङमा तीन वटा घर भत्किए

Share:

पोखरा । बुधबार बिहान गएको भुकम्पको धक्काले गण्डकी प्रदेशमा तीन वटा घर भत्किएका छन् । प्रदेश अन्तर्गत बाग्लुङ, पर्वत र लमजुङ गरी ३ जिल्लामा ३ घर भत्किएको गण्डकी प्रदेश प्रहरी कार्यायल पोखराले जनाएको छ ।

प्रहरीका अनुसार बागलुङको बागलुङ नगरपालिका–६ भिरलाकुरीका ६९ वर्षीय दुर्गा बहादुर सुबेदीको ढुङगामाटोले बनेको दुईतले टिनको छानो भएको कच्चि घर पूर्ण रुपमा भत्किएको छ ।

यस्तै पर्वतको कुस्मा नगरपालिका–१ पाङमा पनि नारयण सुबेदीको ईटा र माटोले बनेको कच्ची घरको पछाडिको भित्ताछानो सहित भत्किएर पाँच लाख बराबरको क्षती भएको जनाइएको छ ।

यसैगरी लमजुङको बेशिसहर नगरपालिका–११ तिवारीडाँडाकी अन्दाजी ४५ वर्षीया अम्विका तिवारीको ढुङ्गा माटोले बन्नेको दुई तले कच्ची घर भुकम्पको कारणले भत्किएको छ ।

तीन वटै ठाउँमा मानवीय तथा चौपाय क्षति भने नभएको र घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान ०५ः१९ बजे सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का पोखरामा पनि महशुस गरिएको थियो ।

 

कमेन्ट गर्नुहोस्
Share: