
चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड फेरी अवरुद्ध भएको छ । आज बिहान करिब ५ः४० बजेतिर सडकखण्डको ठाउँ–ठाउँमा पहिरो झरेका कारण यातायात अबरुद्ध भएको हो ।
भरतपुर महानगरपालिका–२९ को घुमाउने, १८ किलो र सत्र किलोमा पहिरो खसेपछि दुईतर्फी नै गाडी चल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । १८ किलो र सत्र किलोमा खसेको पहिरो हटाए पनि घुमाउनेमा खसेको पहिरो हटाउन सकिएको छैन ।
यस सडकखण्ड पहिरोले दैनिकजसो अबरुद्ध हुँदै आएको छ ।
कमेन्ट गर्नुहोस्
