
काठमाडौँ । नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ५ वटा जिल्लाका २ महिला र ५ पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मृत्यु हुने महिलाहरुमा काठमाडौँकी ८५ वर्षीया र ललिपुरकी ६६ वर्षीया रहेका छन् ।
यस्तै मृत्यु हुने पुरुषहरुमा मोरङका ६६ वर्षीय दुई जना, काठमाडौँका ८८ वर्षीय, भक्तपुर ८२ वर्षीय र नवलपरासीका ३१ वर्षीय रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ९० पुगेको मन्त्रालयले जनाएको छ । यो कुल संक्रमितको ०.६३ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा ११ हजार ४५८ परिक्षण भएको छ भने हालसम्म ८ लाख ९४ हजार ३७३ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर १७ हजार ३८३ जना सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना छन् भने होम आइसोलेसनमा ८ हजार ८८ जना छन् । आईसीयुमा १७३ जना र भेन्टिलेटरमा ३६ जना उपचाररत छन् । हाल ७ हजार ७३६ जना क्वारेन्टीनमा छन्।
