नेकपाको सचिवालय बैठक आज बस्दै

Share:

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज आज बस्दैछ ।

बैठक बिहान ११ बजे पेरिसडाँडामा बस्ने नेकपाले जनाएको छ । यसअघि २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरि आजलाई सारिएको थियो ।

यसअघिका धेरैजसो बैठक प्रधानमन्त्रीसमेत रहनु भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवासमा बस्ने गरे पनि तत्कालीन एमाले र माओवादी एकतापछि पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको छ ।

बैठकमा गत २६ भदौमा बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे छलफल हुने नेकपा नेताहरुले बताएका छन् । साथै पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: