
पोखरा । पोखरेली युवाहरुको संस्था आवाजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा मदरल्यान्ड माविका अन्जन पौडेल प्रथम भएका छन् । पाँचौ संविधान दिवसका अवसरमा शिक्षामा आवाज भन्ने नाराका साथ संस्थाले शनिबार महानगरस्तरीय भर्चुअल वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा केफ माविकी जागृति अधिकारी द्धितीय र हिमालयन बोर्डिङ स्कुलकी अश्मि भण्डारी तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः ८ हजार, ४ हजार र २ हजार नगर र प्रमाणपत्र पुरस्कार पाएका छन् । प्रतियोगितामा पोखराका १० विद्यालयका १२ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी माउण्ट अन्नपूर्ण स्कुल, नदिपुरका प्रिन्सिपल प्रदिप कुमार लम्सालले प्रतियोगी भाइ बहिनीहरुले देखाएका प्रस्तुती आफैमा उपलव्धिमुलक रहेको बताए । प्रतियोगीहरु कक्षा ९ र १० बाट रहेको उल्लेख गर्दै उनले प्रतियोगी भाइबहिनीहरु जुन शैक्षिक योग्यता र उमेर समुहको बावजुत पनि यस्तो कार्यक्रममा भाग लिएर आ–आफ्ना अभिव्यक्ति मार्फत प्रखरता देखाएको बताए । साथै अहिलेको जेनेरेसनमा जुन कम्युनिकेसन र कन्फिडेन्स आवश्यकता छ त्यो सबै प्रतियोगीहरुमा देखिएको पनि उनले बताए ।
यस्तै उनले आवाज संस्थाले आवाज विहीनहरुको आवाज बुलन्द्ध बाउँदै लगेको बताउदै आगामी दिनमा पनि आवज सँग सहकार्य गर्न सधैं तयार रहेको र सधैं साथ र साहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
संस्थाका अध्यक्ष प्रकाश सुनारले कोभिड–१९ का कारण जे जति क्रियाकलाप भए, जनजिवनमा जे जति असर परे यो सब लाई चिरेर उठ्नका लागि सुरुमा विद्यार्थीहरुको मार्फत अगाडी बढाउनका लागि यो प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए ।
साथै उनले आवाज संस्था सम्पूर्ण व्यक्तिको मौलिक अधिकारका लागि लड्ने र आवज उठाउने संस्था भएको जानकारी दिए । उनले भने ‘कुनै धर्म, जात र राजनितिक आस्था राखेर अगाडी बढ्न होइन, यो नितान्त आवाज विहीनहरुको आवज उठाउने र व्यक्तिको नैसर्गिक अधिकारका लागि लड्ने उद्देश्यले स्थापना गरिएको संस्था हो ।’
प्रतियोगिताका निर्णायक मण्डलका मुख्य संयोजक डा. टेक नारायण पौडेलले वक्तृत्वकलाका नियमहरुका बारे जानकारी दिंदै महामारीले मनोवैज्ञानिक प्रभावलाई झेलेर बसेका विद्यार्थी भाइबहिनीका लागि यो कार्यक्रम अति उपगोगी रहेको बताए । ‘महामारीले विद्यार्थीमा मनोवैज्ञानिक असर परेको छ ।’ उनले भने, ‘१० औँ वर्षसम्म पनि यस्ता नकारात्मक असर, विकृति र विसंगतिसँगै अगाडी बढ्नु पर्ने होकी भन्ने चिन्ता भएको अवस्थामा प्रविधिलाई सकेसम्म सदुपयोग गरेर शैक्षिक स्तरलाई परिर्वतन गर्नुपर्छ है भन्ने सन्देश आवाज संस्थाले दिएको छ ।’
उनले नेपालको संविधान जारी भैसकेको अवस्थामा पनि हाम्रो सामाजिक स्तरको चेतनामा थुप्रै परिर्वतन आउन बाँकी रहेको बताए । जुन परिर्वतनका लागि यस्तै खाले रचनात्मक कार्यक्रम गरेर मात्र नपुग्ने भन्दै विशेष गरी हाम्रो दृष्टिकोण र व्यवहारमा पनि परिवर्तन गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा नेपाल आइडल सिजन–२ का उपविजेता विक्रम वरालको विशेष प्रस्तुती समेत रहेको थियो ।
संस्थाका अध्यक्ष प्रकाश सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सदस्य अर्जुन परियारले र स्वागत संस्थाका सल्लाहकार अनन्त गौतमले गरेका थिए ।
