नेपालमा थप १३ सय २५ जनामा कोरोना पुष्टि, ९६६ जना डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा थप १३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४६९ महिला र ८५६ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै काठमाडौँका ६०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै रुपन्देहीका ११३ जना, भक्तपुरका १०१ जना, ललितपुरका ६४ जना, मोरङका ६३, बाँकेका ३२, कास्कीका ३०, सुर्खेतका २९ जना, रौतहटका २६ जना, मकवानपुरका २४ जना, धादिङका २१ जना, बझाङका १९ जना, सिराहा र लमजुङका १८/१८ जना, चितवनका १५ जना, पर्साका १४ जना, कपिलवस्तु, नवलपरासी, पाल्पा र कैलालीका १२/१२ जना, प्युठान ११ तथा सर्लाही र अछामका १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

सुनसरीका ७ जना, गुल्मी र बर्दियाका ६/६ जना, सप्तरीका ५ जना, दोलखाका ४ जना, झापा, सिन्धुपाल्चोक र दाङका ३/३ जना, पाँचथर, धनुषा, काभ्रे र गोरखाका २/२ जना तथा उदयपुर, तेह्रथुम, भोजपुर, बारा, नुवाकोट, सिन्धुली, तनहुँ, बाग्लुङ, स्याङ्जा, अर्घाखाँची, रोल्पा र कालीकोटका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

त्यस्तै गत २४ घण्टामा ९६६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४६ हजार २३३ पुगेको छ । यो संक्रमितको ७२.१० प्रतिशत हो ।

हालसम्म नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ११ पुगेको छ । यो कुल संक्रमितको ०.६४ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा ९ हजार ५८४ परिक्षण भएको छ भने हालसम्म ९ लाख १४ हजार २९० परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा काठमाडौँ, भक्तपुर, चितवन, मोरङ, सिराहा, सुनसरी, ललितपुर, मकवानपुर र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा मुस्ताङ, म्याग्दी, सोलुखुम्बु, डोल्पा, हुम्ला, मुगु र रसुवा रहेका छन् ।

हाल देशभर १७ हजार ४७८ जना सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना छन् भने होम आइसोलेसनमा ८ हजार ४०७ जना छन् । आईसीयुमा १९० जना र भेन्टिलेटरमा ३६ जना उपचाररत छन् । हाल ७ हजार ४५१ जना क्वारेन्टीनमा छन्।

कमेन्ट गर्नुहोस्
Share: