
पोखरा । देशभर सोमबारको मौसम सामान्यतया बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार दिउँसो प्रदेश १, प्रदेश २ का केही स्थानमा हावाहुरीको सम्भावना रहेको मामहाशाखाले जनाएको छ ।
यस्तै राति पनि प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
