स्याङ्जामा एकै दिन ४८ जना फरार प्रतिवादीहरू पक्राउ

Share:

स्याङ्जा । स्याङ्जामा एकै दिन ४८ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र मातहतका विभिन्न प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार एकैदिन उनीहरुलाई पक्राउ गरेको हो ।

स्याङ्जा जिल्ला अदालतबाट कर्तव्य ज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट लुटपिट लगायतका विभिन्न मुद्दामामा सजाय तोकिएका तर फरार रहेका ४८ जना प्रतिवादीहरूलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्धारा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत विगत १ महिनामा विभिन्न मुद्दाका ८३ जना फरार प्रतिवादीहरू पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको छ ।

पक्राउ गरिएका मध्ये हाडनाता करणी मुद्दाका २ वर्ष कैद तोकिइ बिगत २३ वर्ष देखी फरार रहेका जिल्ला स्याङ्जा हरिनाश गाउँपालिका–५ बस्ने वर्ष ६४ को कर्णबहादुर मह भन्ने कर्णबहादुर भट्टक्षेत्री, सवारी ज्यान मुद्दामा २ वर्ष कैद तोकिई बिगत १५ बर्ष देखि फरार रहेका जिल्ला स्याङ्जा चापाकोट नगरपालिका ४ बस्ने वर्ष ४५ को भक्त सुनारी मगर र डाँका चोरी मुद्दामा ६ वर्ष कैद तोकिई बिगत १० वर्षदेखि फरार रहेका जिल्ला स्याङ्जा हरिनास गाउँपालिका १ बस्ने वर्ष ६२ को लालबहादुर नाम्जालीलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

केहीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: