
पोखरा । सुनचाँदीको मूल्य आज घटेको छ । सुनको मूल्य आज तोलामा एक हजार ७ सय रुपैयाँ घटेको छ ।
आज सुन तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी आज तोलामा ९० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको एक हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
